काठमाडौं मुलुकको संघीय राजधानी हो । यो अर्थमा पनि काठमाडौंको महत्व यसै पनि हुने भयो । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा स्वतन्त्रबाट काठमाडौंको मेयरमा बालेन्द्र साह बिजयी भएका छन् । बालेन्द्र साह मधेसी मुलकका नागरिक भएको पनि भनिएको छ । उनी मधेसी मुल वा जे भए पनि नेपाली हुन् र नेपालमा रहेका सबै व्यक्ति पहिला नेपाली हुन् त्यसुपछि अरु कुनै समुदायका । तर, नेपालका आफ्नो स्वार्थ पूर्तिका लागि खासगरी मधेसी समुदायलाई होच्चाउने गरिन्छ काठमाडौं क्षेत्रमा ।

त्यसले गर्दा वषौंदेखि तराई मधेसमा मिलेर बसेका पहाडी र मधेसी समुदायबीच विवाद सृजना गराइ आफ्नो स्वार्थ पूर्ति गर्ने खेल हुदैछ । मधेस आन्दोलनको नाउमा पनि यस्तै हर्कत भएका थिए । अहिले काठमाडौंमा सुकुम्बसीको नाउमा भएका सार्वजनिक जग्गा कब्जाका विरुद्धमा बालेनले अभियान चलाएपछि उनी विरुद्ध अहिले एउटा समूह सक्रिय भएको छ ।
त्यसले फेरि मधेश र पहाडबीचको विभेदलाई उस्काउने प्रयास गरेको छ । मधेसमा रहेका पहाडी समुदायको समेत आत्मसम्मानमा घात गर्ने षडयन्त्र भइरहेको छ । नेपाल भनेको परापूर्वकालमा मात्रै नेपाल थियो आज होइन । यो कुरा तराई मधेसका समुदायले बुझेका छन् र समुदाय केन्द्रित सामाजिक सद्भाव बिथोल्ने तत्वका बिरुद्ध भने सचेत हुन आवश्यक छ ।
















