बीरगंज – वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयांसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो रहेका छन् ।

 

 

 

बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउंदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका- १६ स्थित रजतजयन्त्री चोकबाट उक्त रकमसहित उनी आइतबार पक्राउ परेका हुन् ।
अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply