राजकुमार यादव
मौलापुर,रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीवार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको मौलापुर ईलाका प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनिया बस्ने रामायण बैठा धोबीको अन्दाजी ५५ वर्षिय श्रीमती धरोहरी देवी धोबीको ज्यान गएको हो । दिउँसो खेतमा धान रोप्ने क्रममा परेको चट्याङ लागेर बैठाको ज्यान गएको प्रहरीले जनाएको छ ।वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने धेरै मानिसहरूको चट्याङमा परेर मृत्यु हुने गरेको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै नेपालमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
















