मनोज शाह
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ सिधरिय टोलस्थित नव निर्मित शिव मन्दिरमा बिहीवार आयोजना गरिएको कलश यात्रामा ठूलो संख्याका भक्तजन सहभागी भएका छन् ।अविरल वर्षाको पर्वाह नगरी हजारौं सर्वसाधारण भक्तजनहरु कलश यात्रामा सहभागी बनेका हुन । यात्रामा रामवन मालपोत कार्यालय हुँदै बकुलियाको दुधौरा खोलबाट जल भरे शिव मन्दिरको प्रङ्गणमा आएर पूजापाठ गरिएको थियो ।शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजराम श्रेष्ठको अगुवाइमा पूजापाठ भएको हो । यसअघि सोही टोलमा रहेको मन्दिर पुर्नस्थापना गरेर नयाँ मन्दिर निर्माण गरिएपछि स्थानीयमा उत्साह छाएको छ । वडाको बजेट र स्थानीयको सहयोगमा शिव मन्दिर निर्माण गरिएको हो ।


















