कलैया,प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय कलैयामा व्यापक अनियमितताको खुलासा भएको छ ।
चिकित्सालयका डाक्टर पुनिता केशरीले व्यापक अनियमितता गरेकी हुन । उनले आफनो कार्यकालमा करोडौ रुपैयाको ल्यावको मेशनरी समान कमिशनमा खरिद गरि प्रयोग विहिन बनाएको शेमेश अन्सारीले आरोप लगाउनुभयो ।
डाक्टर केशरीले ल्यावमा टेस्ट गर्न खरिद गरेको महङ्गा केमिकलहरू प्रयोगमै नआइ म्याद गुज्रिएको चिकित्सलाय स्रोतले जनाएको छ । समान खरिदमा अनियमितता भएकोभन्दै उनी विरुद्ध अख्तियारमा मुद्दा समेत चलिरहेको छ ।
म्याद गुज्रिन लागेको औषधी खरिद गरि डाक्टर केशरीले घोटाला गरेको ब्रहमपुरीका रामनाथ यादवले आरोप लगाउनुभयो । अस्पताल भवन मर्मत सम्भारदेखि कार्यालयको भौतिक समानहरूको खरिदमा पनि डाक्टर केशरीले कमिशन लिने गरेको स्रोतले दाबी गरेको छ । उनले इन्धन खर्चमा पनि व्यापक अनियमितता गरेको स्रोतको दाबी छ ।डा केशरीको सरूवा असोज ११ मा रौतहटको चपुरमा भए पनि आर्थिक लालचमा परेर सरूवा भएको ठाउमा जान नमानेको एक कर्मचारीले बताए ।जिल्लामा बस्दा आफनो क्लिनिक पनि संचालन गर्नसकिने भएकोले सरुवा भएको ठाउमा जान नचाहेको ती कर्मचारीले बताएका छन ।