नरेश गुप्ता

बरियारपुर,विभिन्न मुद्दामा अदालतबाट कैद जरिवानाको फैसला गरिएका र फरार रहेका ३ जनालाई बारा प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलमा माघ २० गते जिल्ला प्रहरी कार्यलय कलैयाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट १ वर्ष ६ महिना र सात हजार ५ सय जरिवाना फैसला गरिएका .जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बासुदेव महतो र ६ महिना कैद फैसला सुनाइएका सोही पालिका वडा नम्बर १० बस्ने संजय पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो ।

त्यसैगरी ९ महिना कैद ठहर भइ फरार रहेका जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ४ बस्ने रहमान मियालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतको फैसला आदेशले कैद जरिवाना फैसलापछि फरार रहेका तीनै जना प्रतिवादीहरूको खोजतलासपछि गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ परेको तीनै जनालाई जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशानुसार कैद तथा जरिवाना भुक्तानको लागि वीरगन्ज कारागार चलान गरिएको पनि जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply