निजगढ,निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले मृतक ऋणी परिवारको सदस्यलाई बीमाबापतको रकम भुक्तानी गरेको छ ।ऋणी शेयर सदस्य रेशमबहादुर जर्गा मगरको मृत्युपछि उनको श्रीमती सीता जर्गा मगरलाई आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमार्फत सगरमाथा सहकारीले २ लाख ५२ हजार रकम भुक्तानी गरेको हो । मगरले लिएको १ लाख ५ हजार कर्जाको साँवाब्याज र ४० प्रतिशत काजकृया खर्चसहित इन्स्योरेन्सले सहकारी संस्थामार्फत सो रकम उपलब्ध गराएको हो ।

मगरले सहकारीबाट ऋण लिने क्रममा गत असोजमा कर्जाको बीमा गराएका थिए । रेशमको निजगढ ७ स्थित रोहित वर्कसपमा भएको बिष्पोटनमा परेर ज्यान गएपछि श्रीमतीलाई बीमा बापत ऋणको साँवा ब्याज र काजकृया खर्चबापतको रकम उपलब्ध गराइएको सहकारी संस्थाका व्यवस्थापक हरि पण्डितले जानकारी दिनुभयो ।
आफ्नै वर्क शपमा ग्यास कटरबाट शंकास्पद वस्तु काटने क्रममा भएको विष्पोटनमा परेर उनको गत फाल्गुन १४ गते मृत्यु भएको थियो । सो घटनामा मृत्यु भएका ३ जनामध्ये कर्जा बीमा गर्ने मगरको परिवारले मात्रै बीमा रकम पाएका हुन ।
सगरमाथा सहकारीको सभा हलमा भएको रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख रविशंकर सर्राफ, शाखा एजेन्सी म्यानेजर भगवती घिमिरे र सुष्मा पण्डित, समाजसेवी एवम् बुद्धिजीवी शम्भु भण्डारी, रत्नबहादुुर बुढाथोकी, सहकारी संस्थाका अध्यक्ष भोलाप्रसाद गौतम, उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेल, सदस्यहरु रमेशप्रसाद गौतम, सुदिप तिमल्सिना, सिता रिसाल, सहकारीका लेखा समितिका संयोजक रुद्रप्रसाद धिताल, सदस्यहरु प्रल्लादप्रसाद रिमाल, मञ्जु कार्कीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन सहकारी संस्थाका व्यवस्थापक हरिप्रसाद पण्डितले गर्नुभएको थियो ।















