निजगढ,निजगढ नगरपालिकाका होटल व्यवसायी र प्रहरीबीच महिला यौनकर्मीहरुको मानव अधिकारको सवालमा शनिवार संयुक्त समन्वय बैठक सम्पन्न भएको छ ।निजगढ ९ स्थित होटेल राजमार्गमा भएको सो बैठकमा निजगढ नगरपालिकाभित्र रहेका होटेल संचालक तथा प्रतिनिधि, इलाका प्रहरी कार्यलय निजगढकी कस्टेबल दुर्गा बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराकी करुणा तामाङलगायतको सहभागीता रहेको थियो ।बैठकमा सस्थाले यौनकर्मी महिलाहरुको हकहितको बारेमा गर्दै आइरहेको कामको बारेमा जानकारी गराएको निजगढ महिला समुहकी कार्यकारी निर्देशक प्रेमकुमारी पुलामी मगरले बताउनुभयो । उहाँले बारा जिल्लामा ३ सय ५७ जना यौनकर्मी महिलाहरु संघमा आबद्ध रहेको र समुहले यौनकर्मी महिलाहरुको अधिकारको लागि काम गर्दै आएको पनि जानकारी दिनुभयो ।




















