सिमरा,पिलुवा फूटबल क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।जीतपुरसिमरा १६ महेन्द्रनगर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा निजगढको सिंगौललाई ९–२ को फराकिलो गोलअन्तरले पराजित गर्दै पिलुवा फाइनलमा प्रवेश गरेको हो ।पिलुवाको जितमा दुई खेलाडीले ह्याट्रिक पूरा गरे । पिलुवाका अमित बछार एक्लैले चार गोल गरे भने अमित चौधरीले तीन गोल गरे । यसैगरी सुरज बम्जन र सागर चौधरीले एक–एक गोल गरेका थिए । सिंगौलका लागि भने रिजन गौतम र हेमेश माझीले समान एक–एक गोल फर्काए ।प्रतियोगिता अन्तर्गत आइतवार डुमरवाना भेट्रान र जेवाईसिसि डुमरवानाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ । फाइनल खेल मंसिर १८ गते हुनेछ ।

Leave a Reply