सिकिन्द्र साह

सिम्रौनगढ,ग्लोबल आइएमइ बैंक सिम्रौनगढ शाखाले स्थानीयलाई डिजिटल कारोबारमा प्रेरित गर्ने उद्देश्यले सोमबार बित्तिय साक्षरता तालिमको आयोजना गरेको छ ।

तालिममा बैंका सौरभ रिसालले डिजिटल बैंकिङ्गको आवश्यकता र अपरिहार्यताको बारेमा जाननकारी गराउनु भएको थियो । त्यसैगरी मुलधारका बितिय माध्यमहरुलाई डिजिटल माध्यमले पुर्याएको फाइदाको बारेमा सेन्टर मेनेजर कमला ओझाले जानकारी दिनु भएको थियो ।

ग्लोबल आइएमइ बैङ्क सिम्रौनगढ शाखा प्रमुख किशोर चौधरीले कार्यक्रम सन्चालन गर्नु भएको थिए । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष यसनारायणप्रसाद यादव, शंकर साह कानुसहित नगरपालिकाका २ सयभन्दा बढी व्यापारी, किसान र शिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply