वीरगञ्ज,पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मङ्गलवार वीरगञ्ज महानगरपालिमा पूर्ण कदको सालिक अनावरण गरिएको छ ।महानगरपालिका वडा नम्बर २ बाईपास छपकैयामा गिरिजाप्रसाद कोइरालाको पूर्ण कदको सालिकको अनावरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता शेखर कोइरालाले गर्नुभएको हो ।२०७२ साल असार १८ गते नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले सोही ठाउँमा गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्नुभएको थियो ।उक्त सालिक २०७२ साल भदौ १५ गते मधेस आन्दोलन र नाकाबन्दीको समयमा एक समूहले तोडफोड गरेपछि मंगलवार दोस्रो पटक नेता कोइरालाले सालिक अनावरण गर्नुभएको हो ।सालिक अनावरण समितिका संयोजक तथा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद साहबुद्धीनले सालिक साढे छ फिट अग्लो रहेको तथा लगभग ११ लाखको लागतमा निर्माण भएको जानकारी दिनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका उपमहामन्त्री बद्री पाण्डे केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री रमेश रिजाल केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय चौरसिया केन्द्रीय सदस्य शङ्कर भण्डारी, नेपाली कांग्रेस पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्रीलगायत उपस्थित हुनुहुन्थ्यो ।