वीरगञ्ज,पर्सा जिल्लाका विभिन्न पालिकामा इयरहेड कटिङ पिलर नामक कीराको प्रकोपले धानबालीमा ठूलो क्षति पु¥याएपछि मधेस प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालयले अनुगमन टोली खटाएको छ ।

टोलीले बहुदरमाई नगरपालिका क्षेत्रमा पुगेर प्रभावित किसानहरू र धानबालीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ । गण्डक नहरको उत्तरतर्फका ठोरी, जीराभवानी, पटेर्वासुगौली र पर्सागढी क्षेत्रहरूमा कीराको प्रकोप नरहेको देखिए पनि दक्षिणतर्फका बझियान क्षेत्रका पालिकाहरूमा कीराको असर गम्भीर रहेको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताउनुभएको छ ।
विज्ञहरूको टोलीले इयरहेड कटिङ पिलर कीरालाई फौजी कीराकै एक प्रजाति भएको पुष्टि गरेको छ ।
टोलीले धानबालीमा लागेको कीरा परीक्षण गर्न प्रभावित खेतहरूमा पुगेको थियो र किसानहरूसँग प्रत्यक्ष अन्तर्क्रिरया पनि गरेको थियो । यो प्रकोपले पर्सा, बारा, र रौतहट जिल्लाका किसानहरूलाई चिन्तित बनाएको छ ।


















