वीरगञ्ज,वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा कर्मचारीहरुले लगाएको ताला अझै खुल्न सकेको छैन ।
कर्मचारी सरुवाको विरोधमा त्रिवि कर्मचारी संघले मंसिर १४ गते लगाएको तालानखुल्दा क्याम्पसको सबै प्रशासनिक कामठप्प हुदैआएको छ ।

क्याम्पस प्रशासनले तालाबन्दी खोल्ने बारेमा पनि कुनै पहल नगरेको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । क्याम्पसमा लागेको ताला खोल्न क्याम्पस प्रमुख रञ्जितकुमार यादवले चासो नै नदिएको आन्दोलनकारीहरुले बताएका छन् ।
लेखा शाखामा कार्यरत कर्मचारीलाई क्याम्पस प्रमुखले सिराहा क्याम्पसमा सरुवा गरेको विरोधमा त्रिवि कर्मचारी संघ ठाकुरराम क्याम्पस इकाईले तालाबन्दी सहित आन्दोलन गर्दै आएका छन् ।क्याम्पसमा ताला लागेको १७ दिन भइसक्दा समेत क्याम्पस प्रशासनले आन्दोलनरत पक्षसँग संवाद गरेर तालाबन्दी खोल्ने बारेमा कुनै पहल नगरेको कर्मचारी संघ इकाई समितिका अध्यक्ष किशोरी चौधरीले बताउनुभयो ।

Leave a Reply