जिल्ला प्रहरी कार्यालय बारामा आईतबार पत्रकार हत्यामा संलग्न फौजदारलाई सार्वजनिक गर्दै प्रहरी ।

पुष्पराज खतिवडा
मन्हर्वा –  १२ बर्षअघि हत्या गरिएका बाराका पत्रकार विरेन्द्र साहको हत्याका मुख्य अभियूक्तलाई प्रहरीले पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ । साविक जिल्ला बारा गडहल गा.बि.स. ५ हाल परिवर्तित बारागढी गाउँपालिका ६ गडहलका कुन्दन भनिने ५१ बर्षिय नरेन्द्र कुमार फौजदारलाई उनकै घरबाट प्रहरीले उनलाई गए राती २ बजे पक्राउ गरेकोे हो ।

 

 

 

 

२०६४ असोज १८ गते जिल्लाको उम्जन गाविस अन्तर्गतको पिप्रा बसतपुरबाट अपहरण गरि पत्रकार साहको हत्या गरिएको थियो । पत्रकार साहलाई अपहरण गरी हत्या गर्ने कार्यमा फौजदारसँर्गै राम एकवाल सहनी, मनेजर गिरि लगायत ५ जनाको संलग्नतामा रहेको प्रहरीको भनाई छ । अपरहण गरी गोली हानी पत्रकार साहको हत्या गरिएको थियो ।

 

 

 

सोही मुद्दामा प्रहरीले जिल्लाको ईनवासिरा गा.बि.स. ९ बस्ने मनेजर गिरी खोपवा गा.बि.स ८ बस्ने बर्ष २६ को राम एकवाल पक्राउ यस अघिनै पक्राउ गरिसकेको छ । उनीहरु अदालतको फैसलाबाट सर्वस्व सहित जन्मकैद सजाँयमा काराबासमा रहेका छन् । गिरीलाई २०६५ असोज १९ र सहनीलाई २०६५ पौष २१ गते प्रहरीले पक्राउ गरी अनुसन्धान पश्चात अदालत पेश गरेको थियो ।

 

 

 

 

मृतक पत्रकार साहको शवलाई साविकको डुमरवाना गा.वि.स.७ टाँगियाबस्ती नजिकै जंगलमा खाल्टो खनि गाडेको अवस्थमा ३४ दिपछी फेला परेको थियो । २०६४ आसोज १८मा अपहरण गरिएका पत्रकार साहको २०६४कार्तिक २२ गते शव फेला परेको थियो । पत्रकार हत्याका मुख्य अभियुक्त कुन्दन भन्ने फौजदार सोही बेलाबाट हालसम्म फरार रहेका थिए । जिल्ला अदालत बाराको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौडाको २०६९श्रावण १६ गते र सर्वोच्च अदालतको २०७३ पौष २० गतेको फैसला आदेशले निज फौजदार फरार करार गरि मुद्दा मुल्तबिमा थियो ।

 

स्व. पत्रकार विरेन्द्र साह ।

 

 

पक्राउ परेका कुन्दन भिनिने फौजदार उपर पत्रकार हत्यासँगै लुटपाट तथा डाँकाजनी मुद्दा रहेको प्रहरीले जनाएको छ । फौजदार समेतका ८ जना मिलेर २०६८ कार्तिक २० गने गडहल गाविस ५ का दिपेन्द्र प्रसाद यादव घरमा हातहतियार देखाई लुटपाट गरेका थिए । टुटपाट गरी यादवको घरबाट उनीहरुले सुन चाँदीका गरगहना र नगद समेत गरि ३ लाख बराबरको लुटपाट भएको प्रहरीले जानकारी गरायो ।

 

 

 

 

त्यस्तै लागु औषध ओसारपसारमा समेत फौजदारको संलग्नता खुलेको छ । २०७५ जेष्ठ २४ गते अपराहन्न कलैया उपमहानगरपालिका १ बाट बरामद भएको लागु औषध फेनारगन ७७ पिस, नुर्फिन २५ पिस र डाईजेल्याव १ पिस फेला परेको थियो । सडकमा सवारी चेकजाँचको क्रममा ना.२ ह.१५५८ नं.को अटोमा भेटीएको लागु औषध अनुषन्धानका क्रममा फौजदारको संलग्नता पाईको प्रहरीले जनायो । पत्रकार हत्यामा फरार अभियुक्त कुन्दन भन्ने फौजदार डाँकाजनी र लागुऔषधको कारोबारमा संलग्न रहेको बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।

 

 

 

 

अदालतबाट वारेन्ट जारि भई १२ वर्ष देखि फरार रहेका फौजदार आफ्नो गाउँघरमा लुकिछिपि बसेको विशेष सुचनाकोे आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनलाई गएराती पक्राउ गरेको हो । अभियुक्त फौजदार एरियालाई घेरा हालि सर्च गर्ने क्रममा आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका हौं ।

 

 

 

 

सो क्रममा निजले प्रहरी टोलिसंग जोरजुलुम गरि भाग्न खोजेको उनका परिवार र छिमेकिहरूले अवरोध गरेपछी बाध्यताबस ४ राउण्ड हवाई फायर समेत गर्नु परेको पंगेनीले जानकारी दिए । पक्राउ परेका फौजदारलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ । आवश्यक प्रकृया पुरागरी जिल्ला अदालत बारामा पेश उपरिक्षक पंगेनीले जानकारी दिए । पत्रकार साहको तत्कालिन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेर जंगलमा गाडेका थिए । एभीन्युजका लागि बाराबाट पत्रकारीता गरिरहेका साहको हत्या भएको ३० दिनपछी शव फेला परेको थियो ।

 

 

 

 

 

 

माओवादी शान्ती प्रकृयामा आएपछी पत्रकार साहको हत्या गरिएकाले घटनाको चौतर्फी आलोचना भएको थियो । पत्रकार हत्याको विरुद्धमा बाराका पत्रकारहरु एकमहिना लामो आन्दोलन गर्दै हत्यामा संलग्नलाई पक्राउ गरी कडाकार्वाहीको माग गरेका थिए । हत्याराको पहिचान भएपनी धेरै समय वितिसक्दा समेत पक्राउ नगरिएको भन्दै मृतक साहको परिवार आफन्त, नागरिक समाज, अधिकारकर्मी तथा पत्रकारहरुले निरन्तर आवाज उठाउँदै आएका थिए ।

 

 

 

 

अर्का हरेराम पटेल तथा लालबहादुर चौधरी अझै फरार छन् । उनीहरुलाई समेत चाँडै पक्राउ गरिने प्रहरी उपरिक्षक पंगेनीले बताए । आफु बारा आएका बखत नै पत्रकारहरुले विरेन्द्र साहको हत्यारालाई पक्राउ गर्न सुझाएका थिए । सो कुरालाई केन्द्रमा राखेर आफु र आफ्नो टीमले काम गर्दा बारा बसाईको एकमहिना पुगेकै दिन मुख्य अभियूक्त पक्राउ गर्न समल भएकोमा खुःशी ब्यक्त गरे ।

 

 

 

फौजदारलाई प्रहरीले सार्वजनिक गर्दा मृतक साहका भाई पत्रकार भैयाराम साह आक्रोसितसँगे भावक बनेका थिए । १२ बर्षपछी भएपनी हत्यारालाई पक्राउ गरेकोमा उनले बारा प्रहरीलाई धन्यवाद दिए । दाजुको हत्यापछी आफ्नो परिवारले अतुलनीय क्षेती भोग्नु परेको भन्दै पटक पटक रुने चिच्याउने गरेका साहले क्षेतीपूर्तीको माग समेत गरे । पत्रकार सम्मेलनमा बाराका नायव प्रहरी उपरिक्षक गौतम मिश्र, गोविन्द पुरी लगायत अधिकाशं पत्रकार तथा राजनैतिक दलका यूवा नेताहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply