सिमरा, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्रभित्र रहेका विद्यालयहरुको २७ शिक्षकको दरबन्दी मिलान गरेको छ ।उपमहानगरपालिकाको कार्यालयले माध्यमिक तहका एक, निम्न माध्यमिक तहका दुई र प्राथमिक तहका २४ शिक्षकको दरबन्दी मिलान गरेको हो ।शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अन्तर्गत दरबन्दी मिलान गरिएसंगै रिक्तबाहेक हाल अध्यापन गराईरहेका २२ शिक्षकको सरुवा भएको छ । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत हरिश भट्टका अनुसार २०७८ कार्तिक १४ को निर्णयलाई कार्यान्यवन गर्ने क्रममा दरबन्दी मिलान गरिएको जानकारी दिनुभयो ।उक्त निर्णय कार्यान्यवन गर्ने क्रममा उपमहानगरपालिकाले २०७८ पुस १ गते सूचना जारी गर्दै अध्यापनरत शिक्षकसंग दरबन्दी मिलानका लागि निवेदन माग गरेको थियो । कार्यालयमा निवेदन परेका र नपरेका गरी २२ जना शिक्षकलाई दरबन्दीअनुसार मिलान गरिएको भट्टले बताउनुभयो ।कार्यालयमा निवेदन पेस गर्नेबाहेक पछिल्लो समय सेवामा प्रवेश गरेका शिक्षकलाई कनिष्ठताको आधारमा दरबन्दीमा मिलान गरिएको भट्टको भनाइ छ ।भट्टले हाल विभागको पत्रानुसार दरबन्दी मिलान गरिएको र अब विषयगत शिक्षक दरबन्दी मिलानको कार्यविधि बनाएर अघि बढ्ने बताउनुभयो । विषयगत शिक्षक दरबन्दी मिलानपछि शैक्षिक स्तरमा सुधार आउने बताउदै भट्टले त्यसपश्चात प्रध्यानाध्यापक छनौट कार्यविधि बनाउने जानकारी दिनुभयो ।उपमहानगपालिका भित्र चार धार्मिकसहित माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह गरी ६४ सामुदायिक विद्यालय रहेका छन् ।

Leave a Reply