राजनकुमार राजन
सिम्रौनगढ,साना किसान कृषि सहकारी संस्थले सिम्रौनगढका कृषकहरुलाई स्प्रे ट्याकी मेसिन वितरण गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित साना किसान कृषि सहकारी संस्थाले मंगलवार कृषकहरुलाई स्प्रे ट्याकी मेसिन वितरण गरेको हो ।

कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख राजनरायण साहको प्रमुख आतिथ्यता एवंम साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक दीलीपकुमार कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थामा आवद्ध विभिन्न अन्तर समुहका सदस्यहरुलाई १ सय १६ थान स्प्रे ट्याकी मेसिन र १६ थान २ हर्स पावरको सिँचाईको विद्युतीय मोटर वितरण गरिएको हो ।यसका साथै कृषकहरुलाई विषादी र सुष्म तत्वहरु पनि वितरण गरिएको संस्थाका व्यवस्थापक दीलीपकुमार कर्णले बताउनुभयो ।सो अवसरमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नन्दकिशोर प्रसाद जयसवाल, साना किसान कृषि संस्थाका सन्चालन समितिका अध्यक्ष ललिता देबी दास, सन्चारकर्मी रामेश्वर मेहतालगायत स्थानीय भद्रभादमीको उपस्थिति थियो ।

Leave a Reply