वीरगन्ज, कृपा दैनिक पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायको निधन भएको छ । बिगत लामो समयदेखि बिभिन्न रोगबाट पीडित उपाध्यापको सोमबार बिहान ८४ बर्षको उमेरमा निधन भएको हो । राजनीति र शिक्षक पेशामा लामो समय सकृय रहनु भएका उपाध्याय २०६० सालबाट भने बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाको अभिभावकीय भूमिका अथवा प्रधान सम्पादकको भूमिकामा रहनु भएको थियो । उहाँको आज बिहान ३ बजेर ३५ मिनेटमा उपचारकै क्रममा वीरगन्जमा निधन भएको उहाँको सुपुत्र कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक कमलकुमार उपाध्यायले जानकारी दिनुभयो ।हिन्दु संस्कार अनुसार उपाध्यायको सर्लाहीको बागमतीमा अन्त्येष्टी गरिने तयारी भइरहेको पनि सुपुत्र कमलकुमार उपाध्यायले जानकारी दिनुभयो ।

Leave a Reply