नरेश गुप्ता

बरियारपुर,बारा जिल्लामा फागुन १ गतेदेखि विद्यालय संचालनमा आउने भएका छन । जिल्लामा पनि कोभिड १९ को तेस्रो भेरियेन्ट ओमिक्रोनबाट सक्रमितहरुको संख्या दिनप्रतिदिन घटदै गएको भन्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाराको मंगलवार बसेको बैठकले बन्द रहेका विद्यालयहरु फाल्गुन १ गतेबाट संचालन गर्न निर्देशन दिने निर्णय गरेको बाराको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनु भयो ।

समितिले स्वास्थ्य सुरक्षा सतर्कता तथा स्वास्थ्य मापदण्ड अपनाएर १२ वर्ष उमेरभन्दा माथिका तथा कम उमेरका बालबालिकालाई आलोपालो मिलाएर फाल्गुन १ गतेबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । त्यसैगरी बन्द रहेका कलेज, ट्युशन सेन्टर, डान्स बार, नाच घर, सिनेमा तथा हेल्थ क्लब लगायतको स्थानमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर १ सयभन्दा बढी उपस्थित नहुने गरी भेला हुन पनि आग्रह गरिएको छ ।

कोभिड १९ को तेस्रो भेरियेन्ट ओमिक्रोन देशभरि तीव्र रुपमा बढेको भन्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ १५ गतेसम्मको लागि अर्को सूचना नहुन्जेलसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । केन्द्रको निणर्यसंगै जिल्लाका बसै विद्यालयमा पठनपाठन बन्द हुदै आएको थियो ।

 

वीरगन्जमा सुचारु

वीरगन्ज,पर्साको वीरगन्ज महानगरपालिकामा सञ्चालित सबै विद्यालय बुधवारदेखि सञ्चालनमा आउने भएका छन् ।

महानगरपालिका मंगलबार एउटा सूचना जारी गर्दै कोरोनाभाइरस महामारीको तेस्रो लहरको जोखिम नियुनिकरण गर्न बन्द रहेका सामुदायिक र संस्थागत (निजी) विद्यालय बुधवारदेखि सञ्चालनमा आउने जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन लगायतका संगठनको प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा माघ २६ गते बुधवारदेखि महानगरभित्र रहेका सम्पूर्ण विद्यालय भौतिक रुपमा सञ्चालनमा ल्याउने निर्णय भएको सूचनामा उल्लेख छ ।

विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालान गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here