निजगढ,श्री बकैया ठाकुर माध्यमिक विद्यालय खयरघारी निजगढ नगरस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलवार सम्पन्न खेलमा होलिएन्जल्स अङ्ग्रेजी माध्यमिक विद्यालयलाई १÷० पराजित गर्दै बकैया ठाकुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।बकैया ठाकुरको जितमा खेलको ३० औं मिनेटमा कप्तान सुजन कुमरले फ्री किकमार्फत गरेको एक मात्र गोल जितको लागि निर्णायक बन्यो । बकैया ठाकुरको जितमा निर्णायक गोल गरेका कप्तान कुमर नै खेलको म्यान अफ द म्याच घोषित भए ।प्रतियोगिता अन्तर्गत बुधवार आयोजक निजगढ फुटबल क्लब र विद्यासागर अङ्ग्रेजी माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा बिद्यालयको १२ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here