नेपालको इतिहासमा नै पहिलो पटक बाहालवला निजामती कर्मचारीका सबैभन्दा ठूला व्यक्ति भ्रष्टचारको अभियोगमा मुद्दा खेप्न बाध्य भएका छन् ।भ्रष्टचारको जालो नेपालमा कसरी झाँगिदैछ भन्ने कुरा मुख्य सचिव बैकुण्ठ अर्यालमाथि भ्रष्टचारको आरोप लाग्नुले पनि पुष्टि हुन्छ । नेपालमा राजनीतिक दल मात्र होइन, कर्मचारीहरुमा पनि कति धेरै भ्रष्टचारको जालो रहेछ भन्ने कुरा पनि यो प्रकरणले स्पष्ट पारेको छ । बाहालवला मुख्यसचिव नै भ्रष्टचारमा संलग्न रहेको कुरा आएपछि यो देशमा को चोखो होला त भन्ने प्रश्न पनि उब्जिएको छ ।

हुन त कयौं अवस्थामा भ्रष्टचारको मुख्य दोषी कर्मचारी नै हुन् भन्ने गरिन्छ र यो कुरालाई मुख्यसचिव नै भ्रष्टचार मुद्दामा जोडिएपछि यसै पुष्टि गरेको छ । नेपालमा भ्रष्टचारको जालो एकदमै अनियन्त्रित छ भन्ने कुरा पनि यो प्रकरणले प्रमाणित गरेको छ । हुन त भ्रष्टचार पनि नियन्त्रित त हुने कुरा भएन तैपनि तलबाट नै नेपालमा संस्थागत रुपमा नै अनियमितता हुन्छ र माथिबाट संरक्षण हुन्छ भन्ने कुरा पनि यस्तै घटनाले देखाउने गर्दछ ।

भ्रष्टचार नियन्त्रणका लागि नेपालमा शासकसंगै कानुन पनि कठोर बनाउन आवश्यक छ तर नेपालमा भ्रष्टचार हेर्ने निकायका प्रमुख नै भ्रष्टचारी भएको समेत नजिर रहेको कारणले पनि नेपालमा सहज रुपमा भ्रष्टचार नियन्त्रणमा आउने संभावना कम छ ।यद्यपि यस्ता घुसियाहरुको चर्तिकला सार्वजनिक हुनु फेरि राम्रो कुरा हो । किनभने नागरिकहरुले उनीहरुको असली अनुहार त हेर्न पाउछन् नि । भ्रष्टचारको जालो तोड्न चैं फेरि पनि कठिन नै छ ।

Leave a Reply