अहिले गर्मी समय बढ्दैछ । गर्मीका कारण जनजीवन पनि कष्टकर बन्दैछ । गर्मीबाट जोगाउनका लागि सचेतना अपनाउन पनि आवश्यक छ । वीरगन्ज भनेपछि यसै पनि गर्मी हुने स्थान हो । गर्मीका कारण यहाँको जनजीवन प्रभावित बन्दै गएको अवस्थामा स्थानीय निकायहरुले गर्मीबाट आफु्ना नागरिकहरु जोगाउनका लागि नीति बनाउनु पर्दछ ।

वीरगन्ज, कलैया लगायतका स्थानीय तहरुले अहिले लामखुट्टेको प्रकोप बढेका कारण यसबाट नागरिकहरुलाई जोगाउनका लागि बिशेष योजना र नीति बनाउनु पर्छ । यो नीति भनेको बिषादी छर्कने नै होला । तत्कालका लागि लामखुट्टे बिरुद्ध अरु त नीति नहोला अथवा बनाउन सक्ने अवस्था पनि स्थानीय तहरुसंग छैन होला । त्यसैले बिषादी छर्कन ढिला गर्न भएन ।

लामखुट्टेका काराण पनि विभिन्न रोगको संक्रमणहरु फैलने गर्दछ । त्यसैले पनि यसको प्रकोप नियन्त्रणमा ल्याउन जरुरी छ । यो पहिलो समस्या पनि होइन अथवा यो वर्ष मात्रै देखिएको समस्या पनि होइन त्यसैले पनि लामखुट्टेबाट जोगाउनका लागि स्थानीय तहहरुले स्थायी नीति पनि बनाउन जरुरी छ ।

 

Leave a Reply