नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेशका उपेन्द्र प्रसाद यादव र उपप्रमुखमा तारा देबी कानु निर्वाचित हुनुभएको छ ।

निर्वाचित नगर प्रमुख यादव र उपप्रमुख कानु दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

बैशाख ३० गते सम्पन स्थानीय तहको निर्वाचनमा मतगणनाको लागि स्थानीय कर्मचारीबाट मतगणना गर्न नहुने कांग्रेस बाहेकका अन्य दलहरुले अडान लिएपछि मतगणना कार्य केही दिन अवरुद्ध बनेको थियो ।

महागढीमाईको नगर प्रमुखमा यादवले ८६७० मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँका निकटम प्रतिद्वन्दी जसपा नेपालका रामबाबुप्रसाद यादवले ७३७६ मत पाउनुभएको थियो । उहाँ १ हजार २ सय ९४ मतले पराजित हुनुभएको छ । त्यसैगरी नेकपा एमालेका नगर प्रमुख प्रत्यासी राजाबाबु साहले ६७१९ मत ल्याएर तेस्रो स्थानमा रहनुभयो भने माओबादी केन्द्रका सचिन कुशवाहाले ८०९ मत प्राप्त गर्नुभयो ।

यसैगरी निर्वाचित उपप्रमुखमा कानुले ७९९७ मत ल्याउनुभयो । उहाँका निकटम प्रतिद्वन्दी एमालेको पुष्पाणजली दबी कुशवाहाले ७०१० मत ल्याएको थियो । महागढीमाई नगरपालिकमा वडा नम्बर १ मा कांग्रेसका मनोज कुमार गुप्ता, वडा न २ मा एमालेका बिशवनाथप्रसाद कुशवाहा, वडा न ३ मा कांग्रेसका उपेन्द्र जैसवाल, वडा न ४ मा एकीकृत समाजवादीका मनोज जैसवाल, वडा न ५ मा कांग्रेसका गजेन्द्र जैसवाल, वडा न ६ मा जसपा नेपालका गेना राउत अहिर, वडा न ७ मा जसपाका सिबेन्द्र सिंह, वडा न ८ मा एमालेका ओहाब अंसारी, वडा न ९ मा एमालेका दिलिप शुक्ला, वडा न १० मा एमालेका चन्दन साह, वडा न ११ मा कांग्रेसका अर्जुन बण्ठा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस्तै काँग्रेसले आदर्श कोतवाल गाउँपालिकामा समेत चुनाव जितेको छ । पालिका अध्यक्षमा काँग्रेसका जवाहर प्रसाद र उपाध्यक्षमा काँग्रेसकै मिरा देवी निर्वाचित भएका हुन् ।

जवाहरले ४०८७ मत पाएका छन् । उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका मुस्तुफा अंसारीले २८३७ मत मात्रै प्राप्त गर्नुभयो । अन्सारी तत्कालिन राजपा नेपालबाट २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ गत चैत्र २६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितमा नेकपा एमाले प्रवेश गर्नुभएको थियो । यस्तै पालिकाको उपाध्यक्षमा काँगे्रसकै मीरा देवीले ३३७५ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत मात्रै प्राप्त गर्नुभयो ।

यसैगरी बारागढी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनाव जितेको छ । पालिका अध्यक्षमा लोसपाका अशोककुमार जयसवाल र उपाध्यक्षमा लक्ष्मी देवी राय निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित जयसवालले ५४२६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका वृजकिशोर प्रसादले ३०४२ मत मात्रै प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित लक्ष्मी देवीले ४३६६ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कलाउती थरुनीले ३६२१ मत मात्रै प्राप्त गर्नुभयो । ६ वटा वडाहरू रहेको बारागढी गाउँपालिकाको वडा नं. १, ३, ४ र ६ मा जसपाले वडाध्यक्ष जितेको छ भने वडा नं. २ र ५ मा कांग्रेस उम्मेदवार विजयी भएका छन ।

बाराका १६ पालिकामा १५ को नतिजा सार्वजनिक भइसकेको भने बाँकी रहेको पचरौता नगरपालिकाको सोमवार बिहानसम्म मतगणना परिणाम सार्वजनिक हुनसक्ने निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।

Leave a Reply