काठमाण्डौं,हज यात्राका लागि साउदी अरबमा गएका सयौँ नागरकिको ज्यान गएपछि इजिप्ट सरकारले गैरकानुनी ट्राभल एजेन्सी बन्द गरेको छ । पर्याप्त तयारी बिना हजयात्री पठाउँदा अकालमा कैयौँको ज्यान गएको भन्दै इजिप्ट सरकारले १६ वटा ट्राभल एजेन्सीमाथि प्रतबिन्ध लगाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

शनिवार एउटा आपत्कालीन बैठक बोलाएर इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुलीले प्रक्रिया नपु¥याई र पूर्वतयारीबिना यात्रीलाई साउदी अरब पठाउने ट्राभल कम्पनीमाथि प्रतिबन्ध लगाउन र कम्पनीका सञ्चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दनिुभएको थियो । कतिपय ट्राभल एजेन्सीले गैरकानुनी बाटोबाट पानिजहाजयात्रीलाई साउदी पु¥याएको अनुमान छ ।

५० हजार जना इजप्टिका नागरिक साउदी अरब गएकोमा दीर्घरोग लागेका ३१ जनाको ज्यान गएको छ । यस्तै साउदीको चर्को गर्मीका कारण छ सय जनाभन्दा धेरै इजिप्टका नागरिकको ज्यान गएको छ ।इजप्टिका विदेशमन्त्री समेह शुक्रीले ज्यान गुमाउनेमध्ये धेरैजसो दर्ता नभएका तीर्थयात्री रहेका र यसमा ट्राभल कम्पनी नै मुख्य दोषी रहेको बताउनुभएको छ । उहाँले हराइरहेका इजप्टिका तीर्थयात्रीलाई जतसिक्दो चाँडो खोज्न र इजप्टिका सबै तीर्थयात्रीलाई घर फर्कने सुनश्चिति गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

Leave a Reply