निजगढ,नेपाल कम्युनिस्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले बढदो सवारी दुर्घटना न्यूनीकरणको लागि निजगढ नगरपालिकाभित्रका विभिन्न विद्यालय अगाडिको सडकमा जेब्रा क्रसिङ्ग बनाएको छ ।
युवा संघले विद्यालयका विद्यार्थीहरुलाई सडक दुर्घटनाबाट सुरक्षित पार्न नगरका १८ वटा विद्यालय अगाडि सडकमा जेब्रा क्रसिङ्ग निर्माण गरेको हो ।राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाका अनुसार युवा संघले निजगढ– १३ को शिवशक्तेश्वर आधारभुत विद्यालय डम्बरपुर, भगवती आधारभुत विद्यालय भक्तलाल, पेरिक एकेडेमिक भक्तलाल, मानेचौक, निजगढ– ११ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुर, निजगढ २ को लोकप्रिय आधारभूत विद्यालय, निजगढ १ को शिक्षाशक्ति नमुना आधारभूत विद्यालय निजगढ ४ को जनकल्याण आधारभूत विद्यालय गोलघर, निजगढ–५ को सार्वजनिक माध्यमिक विद्यालय बागदेव, जनजागृति आधारभूत विद्यालय खोल्माटोल, निजगढ–६ को बाल विकाश आधारभूत .धियालटोल, निजगढ ७ को नेत्रोदय मावि योजनाटोल, शक्तेश्वर शिवशक्ति आवि, विद्यासागर ईङ्ग्लिस बोर्डिङ स्कुल, निजगढ– ८ को गौरीशंकर मावि शहिद चोक, निजगढ ६ को गौरीशंकर मावि.सडकटोल, निजगढ ९ स्थित गौरीशंकर क्याम्पस जनज्योति आवि र अगाडिको सडकमा जेब्रा क्रसिङ्ग बनाइएको हो ।
त्यसैगरी युवा संघले निजगढ २ स्थित अस्थायी प्रहरी पोष्ट अगाडिको सडकमा पनि जेब्रा क्रसिङ्ग बनाएको छ ।

Leave a Reply