निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० लालमा बुधवार बिहान खेत जोत्ने क्रममा टेक्टरको रोडाभेटरमा च्यापिएर एकजना बालकको मृत्यु भएको छ ।

स्थानीय वुद्धिलाल बोम्जनका सात वर्षीय छोरा दिपास बोम्जनको रोडाभेटरमा काटिएर मृत्यु भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो ।

छिमेकी तस्वीर स्याङ्गतानको प्रदेश २–०३–००१ त १३१३ नम्बरको टेक्टरको रोडाभेटरमा काटिएर बालकको बिहान करिब ८ बजे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेक्टरधनी स्याङ्गतानले बालकलाई चालक बस्ने सिटमा संगै राखेर खेत जोत्ने क्रममा अचानक सिटबाट तल खसेपछि बालकलाई रोडाभेटरले काटेको थियो । घटनापछि चालक स्याङ्गतान फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here