पचरौता,बाराको पचरौता नगरपालिकाले परिवार नियोजन बन्ध्याकरण शीविरमा बन्ध्याकरण गराउने महिलाहरुलाई शुक्रबार १ किलो हर्लिक्स र २÷२ वटा डिटोल साबुन वितरण गरेको छ ।
पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवले स्वास्थ्य कार्यालय कलैया र मेरिस्टोप्स सेन्टर वीरगन्जको संयुक्त आयोजनामा संचालन भइरहेको परिवार नियोजन शीविरमा बन्ध्याकरण गर्ने महिलाईहरुलाई पोषण र सरसफाइ सामग्री वितरण गर्नुभएको हो ।
महिलाहरुको पोषण सुरक्षा र शंभावित कोरोना संक्रमणलाई ध्यानमा राखेर सामग्री वितरण गरिएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय र मेरिस्टोप्स सेन्टरको आयोजनामा पचरौतामा शुक्रबारबाट सुरु भएको शीविर आगामी सोमबारसम्म संचालन हुने बताइएको छ ।