आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढमा लघुबित्त बित्तीय सस्थाको खारेजीको माग गर्दै शुक्रवार प्रदर्शन भएको छ । ‘राष्ट्रिय मानव बचाउ महाअभियान’ बारा र रौतहटको आयोजनामा लघुबित्त बित्तिय सस्थाको विरोधमा जुलुस प्रदर्शन भएको हो । विभिन्न नारा अंकित प्लेकार्ड सहित जुलुसका सहभागीहरुले लघुबित्त बित्तीय संस्थाहरु खारेज हुनुपर्ने, संस्थाले दिएको सामुहिक ऋण मिन्हा गरिनुुपर्ने, जस्ता नारा लगाएका थिए ।स्थानीय श्रीचन चौधरीको नेतृत्वमा निस्केका सो जुलुसका सहभागीहरुले रानीवास, अमृतगन्ज हुँदै सिम्रौनगढ बजार परिक्रमा गरेका थिए ।



















