नेपालमा नयाँ सरकार गठन भएको दुई-तिन महिना पनि नपुग्दै अर्को सरकार गठनको हल्ला चल्छ । हाम्रै छिमेकी देश भारतमा गठबन्धनमा नै सरकार बने पनि त्यहाँ पाँच वर्ष नै सरकार चल्छ ।नेपालमा भने सरकार बनेकै दिनदेखि ढाल्नेक्रम पनि शुरु गरिन्छ । जसले गर्दा नेपालको राजनीतिमा जहिले पनि अस्थिरता उत्पन्न हुने गरेको र जनताका कयौं समस्या र विकास निर्माणका चाहनाहरु ओझेलमा पर्नेगरेका छन् । वर्षपिच्छे फेरिने सरकारले जनतालाई केही दिन सकेको अवस्था छैन ।

त्यसो त हरेक वर्ष सरकार फेरिएका कारण पनि कयौं देश बन्ने योजनाहरु अलपत्र परेका हुन् फेरि नेपालमा अहिलेकै अवस्थामा त्यस्तो आमुल परिवर्तन गर्ने दल र नेताको पनि खडेरी नै छ ।वर्तमान प्रचण्ड सरकार फेरि भत्किन लागेको हो कि भन्ने हल्ला पनि चल्न थालेको छ । हिजो सत्ताको सहयात्री दल मध्येको एक राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना मन्त्रीले नै राजिनामा खल्तीमा हालेर हिडेको भनिएपछि सरकारको निरन्तताका विषयमा प्रश्न उठेको हो । के के न गछौं भनेर सरकारमा गएको यो पार्टी पनि पछिल्ला दिनमा विवादरहित बन्न भने सकेको छैन । अब ती मन्त्रीको स्वभाविक आक्रोश भए त फरक कुरा नत्र यो सरकार पनि लामो समय जांदैन ।

यो सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेको छैन । यो सत्य कुरा हो । तर यसो भन्दैमा फेरि अर्को कुन चैं नौलो सरकार बन्ने हो र जसले जनताको कुरा पूरा गर्देलान भन्ने आशा गर्नु ।माओवादी नभए, एमाले, त्यो पनि नभए काँग्रस, अनि नयाँ नयाँ भनिएका दल । कसैले केही गर्दैन भनेर जनता निराश भएको पनि अवस्था छ । त्यसैले पनि सरकार फेर्दैमा यहाँ परिवर्तन भइहाल्छ भन्ने पनि छैन अब फेरि पनि किन धम्की र घुर्कीको राजनीति गरेका होलान दलहरुले ?

Leave a Reply