वीरगञ्ज,वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रक्रियाविरुद्ध आन्दोलनमा उत्रिएपछि पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका छन्।
क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेको आरोपमा पक्राउ परेका उनीहरूलाई सोमवार रिहा गरिएको हो। रिहा हुनेहरूमा स्वतन्त्र विद्यार्थी समूहका श्यामप्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेल रहेका छन् ।रिहाइपपछिक्याम्पस प्राङ्गणमा विद्यार्थीहरूको समूहले उनीहरूलाई स्वागत गरेको थियो। उनीहरूले भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग दोहोर्याएका छन्।विद्यार्थी नेताहरूले आफ्नो आन्दोलन न्यायोचित मागका लागि भएको स्पष्ट पार्दै क्याम्पस प्रशासन गम्भीर नभए थप चरणको संघर्ष गर्ने चेतावनी पनि दिएका छन्।
















