राजन कुमार बानिया
पर्सा १२ असोज,नेपाल भारत सीमा नाकामा पर्ने ईनार्वाबाट एसएसबीले ४२ किलो लागूऔषध गाँजासहित पकाउ परेकानेपाली गाँजा तस्कर फरार बनेका छन ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका जानकीटोल दसौता गाउँ निबासी करण राउत ईनार्वा प्रहरीको थुनुवा कोठाबाट फरार भएका हुन । ईनार्वा प्रहरीका अनुसार कारणलाई नेपालबाट गाँजा लिएर भारततर्फ जादै गरेको अवस्थामा ईनार्वा एसएसबीले ४२ किलो गाँजासहित सोमबार पक्राउ गरेको थियो । एसएसबीले पक्राउ गरेर करणलाई ईनार्वा थानामा बुझाएको थियो ।
प्रहरीको थुनुवा कोठामा रहेका करण मंगलबार साँझ सुरक्षामा खटेका प्रहरीलाई झुक्याएर फरार बनेको बताइएको छ । फरार गाजाँ तस्करको खोजतलास भइरहेको बताइएको छ ।
यसैबीच मधेश प्रदेशको विभिन्न स्थानबाट दुई महिनामा २४७ जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा आठवटै जिल्लाबाट २३५ जना पुरुष र १२ महिला लागूऔषधसहित पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार निम्सिनाले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले यस अवधिमा लागूऔषध गाँजा ८२० केजी ७२८ ग्राम, डाईलेक्स डिसी ५९ लिटर, ब्राउन सुगर २५० ग्राम, ट्याब्लेट १४ हजार २८२ पिस, चरेस १५ किलो ८०९.१७० ग्राम, इन्जेक्सन २३ हजार ७ सय र हिरोईन ५९ ग्राम २०२ मिलिग्राम बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।



















