निजगढ,निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाको सोमवारको लागि बोलाइएको नगरसभा स्थगित भएको छ ।कार्यपालिका बैठकमा आर्थिक वर्ष २०८२-०८३ को नीति कार्यक्रम तथा बजेटमा सहमति हुन नसकेपछि निजगढका नगरप्रमुख सुरथ पुरी र जीतपुरसिमराका मेयर राजन पौडेलले सोमवार छुट्टाछुट्टै सूचना निकालेर सभा स्थगित भएको जानकारी गराएका हुन ।

निजगढका प्रमुख पुरीले जारी गरेको सूचनामा नगर कार्यपालिका कार्यालयको सोमवार गर्ने भनिएको सोह्रौं अधिवेशनको बैठक स्थगित गरेर मंगलवारको लागि आह्वान गर्नुभएको छ ।सूचनामा विशेष कारणवश निर्धारित सभा रोकिएको उल्लेख गरिएको भएपनि सोको कारण भने खुलाइएको छैन । स्रोतका अनुसार नीति कार्यक्रम तथा बजेटबारे छलफल गर्न बसेको कार्यपालिका बैठकमा वडाले प्राप्त गर्ने बजेट सिलिङ्ग र कार्यपालिका सदस्यहरुमार्फत खर्च हुदैआएको कार्यपालिका लक्षित कोषको बजेटमा सहमति हुन नसकेपछि बैठक रोकिएको हो ।

बहुमत कार्यपालिका सदस्यहरुले वडा कार्यालय र कार्यापालिका सदस्यहरुले पाउने बजेटको सिलिङ्ग तोकिनुपर्ने माग राखेका थिए । सोही विषयमा छलफल गर्न आइतवार र सोमवार बिहान पनि भएको बैठकमा सहमति हुन नसकेपछि नगर सभा अधिवेशन स्थगित गरिएको हो ।नगर कार्यपालिका कार्यालय निजगढको गत असार ३ गतेको सूचनाअनुसार सोमवार दिउसो २ बजेको लागि नगर सभा बैठक बोलाएको थियो । सूचनामा नगर सभाको अर्को बैठक मंगलवार दिउँसो २ः०० बजे नगर कार्यपालिकाको कार्यालयको सभाहलमा बस्ने जनाइएको छ ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभा सुरु भएलगत्तै स्थगित गरिएपछि कार्यपालिका सदस्यहरु आक्रोशित बनेका छन ।सभामा आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम, बजेट, विनियोजन बिधेयक र आर्थिक बिधेयक प्रस्तुत गर्नेलगायतका प्रस्ताव समावेश गरिएकोबताइएको भएपनि उक्त प्रस्तावमाथि कार्यपालिका सदस्यहरुबीच सहमति नभएको भन्दै नगर प्रमुख राजन पौडेलले दिउसो बैठक शुरु भएलगत्तै स्थगित भएको घोषणा गर्नुभएको थियो ।
नगर प्रमुख पौडेलले अर्को बैठकको मिति आगामी असार १८ गतेको लागि तोक्नुभएको छ ।

यसअघि उपमेयर भोलाप्रसाद अधिकारी,वडा अध्यक्षहरुसहितका १८ जना जनप्रतिनिधिहरुले ४१औं बैंठकको एजेन्डमा कुनै पनि सहमती नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाईलाई हस्ताक्षर सहितको असहमति पत्र बुझाएका थिए ।बैंठक स्थगित भएलगत्तै कार्यपालिका सदस्यहरुले मेयर,उपमेयरको बिरोध गरेका थिए । आफुहरुलाई बोलाएर बैंठक सम्पन्न नगरी स्थगित गरेर सभाको गरीमा घटाउने कार्य गरेकोभन्दै विरोध गरेका हुन ।वडा नम्बर १६ का वडा अध्यक्ष हरीदेव खरेलले नगर प्रमुख नगर प्रमुख पौडेलले कार्यपालिका सदस्यहरुसंग सहमति नगरी अगाडि बड्न खोजेको आरोप लगाउदै सभाको गरीमा गिराउने र कार्यपालिका सदस्यहरुको अपमान गर्ने काम गरेको बताउनुभएको छ ।‘सहमतिको लागि आज बिहानसम्म पनि धेरै प्रयास गरियो, उहाँलेभन्नुभयो, वडाको बजेट सिलिङ्ग र अन्य विषयमा पनि कार्यपालिका सदस्यहरुको मागमा नगर प्रमुखले सहमति गर्न चाहनु भएन ।’अध्यक्ष खरेलले नगर प्रमुख खरेलले मेयर पौडेलले गत वर्षकै जस्तो बहुमत कार्यपालिका सदस्यहरुलाई पेलेर अघि बढ्न खोजेको आफूहरुलाई भान भएको भन्दै अब यो वर्ष पनि उपमहानगरपालिकामा त्यस्तो नियति दोहोरिने अवस्था आउन नदिन आफूहरु सचेत रहेको पनि बताउनुभयो

Leave a Reply