नेपाली काँग्रेस बाराको दोश्रो पटक चुनाव हुँदा पनि सभापती छान्न सकस भएको छ । सभापतिका लागि आवश्यक पर्ने मत ल्याउन नसकेपछि बारा काँग्रेसमा फेरि तेश्रो पटक मतदान हुन लागेको हो । तर फेरि कहिले मतदान गर्ने भन्ने बिषयमा उम्मेदवारकाबीचमा सहमति भइ नसकेको कुरा आएको छ । यद्यपि बारा कांग्रेसका मतदाताहरुले तेश्रो पटक मत हाल्न पाउने भएका छन् ।

सहमतिको संभावना कम रहेका कारण फेरि सभापति पदका लागि मतदान हुनेछ । गएको शनिबार भएको मतदान रद्द भएपनि फेरि बुधबार मतदान भएको थियो र त्यो पनि सभापति पदका लागि आवश्यक संख्या कम भएपछि फेरि मतदान हुन लागेको छ । तीनजना उम्मेदवार रहेको काँग्रेस बारामा अब दुईजनाबीच मात्रै भीडन्त हुनेछ ।

हुनत, जसले जितेपनि कांग्रेसले नै जित्ने हो । यसमा समस्या भएन तर पटक पटक मतदानका लागि कार्यकर्ता बोलाउनुको सट्टा शीर्ष उम्मेदवारको बीचमा सहमति भए त्यो राम्रो हुने थियो । कांग्रेस बाराका नेता कार्यकर्ताहरुले कुनै उम्मेदवारलाई पनि ५० प्रतिशतभन्दा बढी भोट नदिनुले पनि यस्तै देखिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here