जेठ १९ अथवा आजभन्दा २३ बर्ष अगाडिको एउटा त्रासदी । नेपालका संचारमाध्यामहरु त्यो बेलामा अहिलेका जस्ता थिएनन् । सीमित थिए । जेठ २० गते बिहानको ७ बजेको समाचार सुन्ने तयारीमा रहेका नेपालीहरुको मनमा त्यो बेलाको एक मात्र सरकारी संचारमाध्यम रडियो नेपालले समेत झुक्काइदिएको थियो । झुुक्कायो यो अर्थमा कि, समाचार बज्ने समया रेडियोमा शोक धुन बजिरहेको थियो । यद्यपि २० गते बिहानको मिर्मिरेसंगै काठमाडौं अनि बिस्तारै देशभर तत्कालिन राजा बीरेन्द्र र उहाँको परिवारको सखाप भएको खबर फैलिएको थियो ।
धेरै नेपालीहरुले यो भयानक घटनालाई शुरुमा पत्याएनन् तर टिभीको पर्लामा फटाफट राज परिवारको शव दाहसंस्कारका लागि पशुपतिनाथ लगेको दृश्यले भने सबैलाई भावविह्वल बनाएको थियो र यो दिन अहिलेका पुस्ताले नेपाल गणतन्त्रमा गएपनि संझिरहेका छन् । राजा वीरेन्द्र र उहाँको परिवार नै सखाप भएको यत्ति धेरै समय हुँदा समेत हत्या भने गर्भमा रहेको छ । स्वयम् ज्ञानेन्द्र शाह समेत समेत सर्वोच्च पदमा पुगेका बेला समेत यो घटना ओझेलमा पार्ने काम भयो ।
अहिलेका प्रधानमन्त्री ऊ बेलामा राजाका विरुद्धमा जंगलमा रहेको अवस्था थियो तर प्रचण्डहरुले ऊ बेलामा के के न गछौं जसरी दरबार हत्या काण्डको विषयमा पनि बोलेका थिए तर तीन पटक सत्तामा पुगेका प्रचण्डबाट पनि यो विषयमा चुइक्क आवाज आएको छैन । यत्ति भएपछि बुझन पर्छ हत्याको विषयमा प्रचण्डहरु पनि अनभिज्ञ छैनन् । जे भएपनि यो एक दर्दनाक र नेपालका लागि कालो दिन हो, राजा भए बीरेन्द्रले सपारेका, बिगारेका विषयको त छुट्टै समीक्षा होला तर आजको दिनमा भने उहाँपनि श्रद्धाञ्जली अर्पण गर्नु नै उचित हुनेछ ।
















