वीरगञ्ज,पर्सा प्रहरीले ३ लाख भन्दा बढिको मालसामान बरामद गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको करिब ३ लाख मूल्य बराबरको विभिन्न किसिमको लत्ताकपडा तथा हार्डवेयरका पार्टसहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।वीरगञ्जको रजतजयन्ती चोकस्थित सडकखण्डमा भारतबाट ल्याउदैँ गरेको लत्ताकपडा तथा हार्डवेयरका पार्टस भित्राउदैँ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपनिरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।मंगलवार दिउसो २ः ३० बजेको समयमा पर्सा प्रहरीको गस्ती टोलीले अवैध सामान बरामद गरेको हो । गस्ति टोलीलाई देख्ना साथ सामान ल्याउने मानिसहरु भने फरार भएको गिरीले बताउनुभयो । नियन्त्रणमा लिएको सामान ३ लाख ९८ हजार ९ सय ६० रुपैया मुल्याङ्कन गरी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply