बारा र पर्सा आसपासमा निषेधाज्ञा जारी छ । अब यसको पुनरवलोकन आवश्यक देखिएको छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थपिएको छ भने बारा र पर्सा आसपासमा फेरि थप्ने तयारी छ । तैपनि कारोना महमारी नियन्त्रण र रोकथाम गर्ने कार्य सरकारले प्रभावकारी ढंगले गर्न सकेको छैन । कोरोना जोखिमबाट बच्न निषेधाज्ञा एकमात्र उपाय भन्ने भ्रमबाट सम्बद्ध पक्ष मुक्त हुनुपर्दछ । यसले गर्दा सरकारले निषेधाज्ञाको मात्र भर नपरी कोरोना महामारीको नियन्त्रणका लागि थप कामहरु प्रभावकारी तवरले गर्नु पर्दछ । अन्यथा बाहिर गए रोग र घरमै बसे भोकले मर्ने त्रासले जनता थप आतङ्कित हुने अवस्था आउन सक्दछ । काठमाडौं उपत्यकालगायत कोरोनाबाट प्रत्यक्ष प्रभावित ठाउँमा निषेधाज्ञा लागू गरेको तीन साता नाघिसकेको छ । अहिले त लगभग देशभर निषेधाज्ञा छ ।

तैपनि संक्रमितहरुको संख्याको ग्राफ खासै घटेको छैन । दैनिक औसत आठ हजार संक्रमित थपिइरहेका छन् । अर्कोतर्फ संक्रमितहरुले समयमै राम्रो उपचार पाउन सकिरहेका छैनन् । अस्पतालमा बेड, अक्सिजनको अभाव, पाए पनि महंँगो शुल्कले गर्दा जनता थप मारमा परेका छन् । त्यसैले निषेधाज्ञाको भरमा मात्र कोरोना रोकथाम नियन्त्रण गर्ने यदि सरकारी मानसिकता हो भने यो भ्रमबाट मुक्त हुन जरुरी रहेको छ । अहिले मानिस ज्यान बचाउन सबै कुरा सहेर बसिरहेका छन् । तर, यो अवस्था कहिलेसम्म कायम गरिरहने ? कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नहुँदा संक्रमण नियन्त्रणबाहिर जाने जोखिम जताततै छ ।

संक्रमितको परिवारले अग्रसरता देखाउँदा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका सदस्यकै स्वाब संकलन नगरिदिएका थुप्रै उदाहरण छन् । आवश्यक सामग्री अभाव भएको भन्दै कतिपय स्थानीय तहमा बीच–बीचमा पीसीआर परीक्षणका लागि स्वाब संकलन बन्द गर्ने गरिएको छ । त्यसैले अब बरु पिसिआर परीक्षण बढाऔं तर निशेधाज्ञाको पुनरावकन गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here