कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाउँपालिकामा नुहाउने क्रममा डुबेर एकजना नाबालकको ज्यान गएको छ ।
गाउँपालिकामा सिँचाइ गर्न बनाइएको साइफनमा नुहाउने क्रममा डुबेर एकजना नाबालकको ज्यान गएको हो ।
गाउँपालिकाको वडा नम्बर १ पिडारीगुठीको पश्चिमपट्टी रहेको चमरी खोलाको साइफनमा डुबेर नाबालकको मृत्यु भएको हो । स्थानीय जग्गा राउत गद्दीको ८ वर्षीय छोरा अब्दुल कलाम गद्दीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभयो ।गाउँका साथिहरुसँग नुहाउन गएको र नुहाउने क्रममा डुबेपछि साथीहरूले गाउँमा खबर गरेका थिए । त्यसलगत्तै स्थानीय र प्रहरी पुग्दा गद्दीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply