अनिल तिवारी
सिमरा – जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको आर्दश आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरीएको छ । वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवानको बिशेष पहलमा बहुराष्ट्रिय कम्पनी डाबर नेपालले सोमवार शैक्षिक सामाग्री प्रदान गरेको हो ।
बिद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच डाबर नेपालले बुक कर्नर एक थान कम्प्युटर र प्रिन्टर एक एक थान, १ देखि ८ सम्मका पाठ्यपुस्तक र १५ थान डेस्क बेन्च प्रदान गरेको हो । शैक्षिक समाग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवान, डाबर नेपालका जि.एम. कैलाशराम चौरसिया, एच.आर हेड मनोज भगत, दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो । विद्यार्थीका लागि प्रदान गरीएको शैक्षिक समाग्री विदालयका प्रधानाध्यापकले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।