निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ स्वामिको बोटस्थित रामजानकी मन्दीरमा बुधवारबाट श्रीपद्मपुरान विराट ज्ञानमहायज्ञ सुरु भएको छ ।मन्दिरको जीर्णोद्धार, पित्तलको बसाह प्रतीमा स्थापना र १००८ दीप स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको सो महायज्ञको उद्धाटनअघि निकालिएको कलश यात्राले गाउँ परिक्रममा गरेको थियो ।रामजानकी मन्दिर भजनकिर्तन परिषदको आयोजना र एकादशी सत्ससंग आध्यात्म कल्याणकारी समाज नेपाल तथा बैष्णव परिषद निजगढ ५ को सहआयोजनामा भइरहेको सो महायज्ञको निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गर्नुभएको थियो । महायज्ञमा पण्डित सुदर्शन चालिसेले कथा वाचन गरिहनुभएको छ । दैनिक दिउसो १२ बजेदेखि साँझ ४ बजेसम्म कथा वाचन र बेलुका ७ बजेबाट भजनकिर्तन र झाँकी प्रर्दशन गरिने सो महायज्ञको पौष १८ गते लाखबत्ति प्रज्वलन र १९ गते तीलार्चन पूर्णहुति गरी विसर्जन गर्ने कार्यक्रम रहेको छ ।


















