आरके राजन
सिम्रौनगढ,भोजपुरी भाषा, साहित्य, सांस्कृति, कला, संगीत र नाट्य क्षेत्रको विकासको लागि हिजो कलैयामा एक दिने अन्तरसम्वाद कार्यक्रमको आयोजना गरिएको छ ।मधेस प्रदेश प्रज्ञा प्रतिष्ठानको अध्यक्ष रामभरोष शास्त्रीको प्रमुख आतिथ्यता एवंम नयाँ कदमका अध्यक्ष रणिजत पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा भोजपुरी भाषा साहित्य, नाट्य, गीत, संगीत, कलाको बारेमा समूहगत अन्तरसम्वाद र कार्यपत्र प्रस्तुती गरिएको थियो ।
रामप्रसाद साह, धनीलाल साह, सुरेश मोदक, अरुणकुमार ओझा, उतिमलाल चौरसिया, ओमप्रकाश उपाध्याय, बिन्देश्वरी ठाकुरले भोजपुरी भाषा र साहित्य सम्बन्धि विभिन्न कार्यपत्र प्रस्तुत गर्नुभएको हो । त्यस्तै कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका अधिकृत दानीकान्त झा, सदस्य दिनेशकुमार यादव, देवनारायण यादव लगायतले बोल्नुभएको थियो ।कार्यक्रमको सन्चालन प्रीया मिश्रा, अनुराधा अधिकारी र स्वागत मधेस प्रज्ञा प्रतिष्ठान सदस्य देवनरायण यादवले गर्नुभएको थियो ।