कलैया,बाराको प्रसौनी गाउँपलिका वडा नं ६ मा पर्ने बंगरी नदी नियन्त्रणको नाममा प्राकृतिक स्रोतको दोहोन भएको स्थानीयले आरोप लागाएका छन । नदी नियन्त्रणको बहानामा माटो निकालेर नजिकै निर्माणाधिन उद्योगमा बिक्री भइरहेको अरोप स्थानीयले लगाएका हुन् ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ३५ लाखमा बंगरी नदीमा उपभोक्ता समिति मार्फत तटबन्धको काम भइरहेको छ । वडा अध्यक्ष समेतको मिलेमतोमा उपभोक्ता समितिका पदाधिकारीले माटो उद्योगलाई बेचेको दाबी स्थानीयको छ । प्रतिट्याक्टर ३ सय रुपैयाँका दरले उद्योगलाई माटो बिक्री गरेको उनीहरुको भनाइ छ । प्राकृतिक स्रोतको दुरूपयोग भएको सूचना आएपछि स्थानीयले त्यसको विरोध गरेका छन् । स्थानीय नन्देश सिंहले नदी नियन्त्रणको नाममा अनियमितता भएको जानकारी पाएपछि विरोध गरेको बताउनुभयो । माटो खनेर त्यहि हाल्नुपर्नेमा उद्योगलाई बेचिएको उहाले बताउनुभयो । स्थानीय निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी सेमत रहेका सिंहले पछिल्लो तीन आर्थिक वर्षमा बंगरी नदी नियन्त्रणको नाममा अनियमितता भइरहेको दाबी गर्नुभयो । यस्तो कार्य तत्काल रोक्नुपर्ने माग राखेर आफूले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको उहाँले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेले आफूकहाँ बंगरी नदी नियन्त्रणको क्रममा अनियमितता भएको गुनासो आएको बताउनुभयो । गाउँपालिकाले नदीजन्य पदार्थको दुरुपयोग नगर्न आग्रह गर्दा समेत अटेर गरेको पाइएको उहाले बताउनुभयो । मौखिक आदेश अटेर गरेपछि पालिकाले स्थानीय प्रहरी÷प्रशासनसँग रोक लगाउन पत्रमार्फत अनुरोध गरेको समेत गरेकोछ ।

Leave a Reply