बरियारपुर,धारिलो हतियारको प्रहारबाट कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित बैधनाथपुर बस्ने २२ वर्षिय संजय तिवारी घाइते भएका छन । उनीमाथि सोहि ठाउँका २३ वर्षिय लहबर यादवले शुक्रवार धारिलो हतियार प्रहार गरेका हुन् । यादवले तिवारीको घाँटीको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको र गहिरो चोट लागेको प्रहरीले बताएका छ ।
घाइते तिवारीको जिल्ला अपस्ताल, कलैयाबाट समान्य उपचार गरि थप उपचारको लागि वीरगन्जस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । तिवारीको अवस्था गम्भीर रहेको घाइतेका दाजु संजिव तिवारीले जानकारी गराउनुभएको छ ।
धारिलो हतियार प्रहार गरेर फरार भएका यादवलाई प्रहरीले खोज तलास गरि शनिवार नै पक्राउ गरि अनुसन्धान सुरू गरेको छ । खोजतलासको क्रममा यादबलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।