वीरगञ्ज,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ बैरिया खोलाबाट प्रहरीले गाँजा लोड गरेको बिइ २२ वाइ–६३४९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकलसहित १० किलो गाँजा बरामद गरेको छ ।प्लास्टिकको बोरामा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा इलाका प्रहरी कर्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक मोहनजङ्ग बुढा थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानबाट गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको हो । बरामद लागुऔषध गाँजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।यसैगरी गत जेठ ३२ गते बिहान पर्साकै जिराभवानी गाउँपालिका वडा नम्बर ४ र १ एहरवारुखबाट लुकाइछुपाई राखिएको बेवारिसे १० किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको छ ।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक बुढा थापाको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले बरामद गरेको सो गाँजा ईलाका प्रहरी कार्यालयमा पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद गाँजाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply