कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुरमा गाडिएको अवस्थामा दुईवटा शव भेटिएको छ ।जगरनाथपुर गाउँपालिका वडा नम्बर १ विसनपुरुवाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल भारत सीमा दशगजाको ४२१-५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव गाडिएको अवस्थामा फेला परेको हो ।सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा शव गाडेको स्थानमा स्यालले खोतलेको देखेपछि गएर हेर्दा शव भेटिएको हो ।घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा गएको प्रहरी टोलीले शव खनेर निकालेको छ ।
















