बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ कछडीया टोलका कछडिया समुदायले शुक्रवार सामुहिक रुपमा सन्सारीमाई बही पूजा गरेका छन ।मनोकाक्षा पुरा हुने र किसानले लगाएको बालीनालीमा रोगब्यादी नलागेर सप्रिने विश्वासमा कछडिया समुदायले गाउँको बरमथानमा भेला भएर सन्सारीमाईको पूजा गरेका हुन ।बहिपुजामा श्रद्धालुहरुले गरेको भाकल अनुसार कालो बाख्राको पाठी, बोका, परेवा र कुखुराको भालेको बली दिएका थिए । बिहान सबेरै पुजारीले धार्मिक विधिअनुसार बरम बाबाको मन्दिरमा पुजा गरेपछि बहीपूजा सुरु भएको बरम बाबा मन्दिरका मुल पूजारी कन्तलाल धामीले जानकारी दिनुभयो ।पूजाको प्रसाद ग्रहण गर्न गाउँका सबै सर्वसाधारणलाई सहभागी गराइएको उहाँले बताउनुभयो । सन्सारीमाईको बही पूजा गर्ने प्रथा सिंगौलमा कछडिया बस्ति प्रारम्भ भएदेखि नै चल्दै आएको मुल पूजारी धामीले बताउनुभयो ।

Leave a Reply