नरेश गुप्ता

बरियारपुर,महागढीमाई नगरपालिकास्थित श्रीगढीमाई महेन्द्र नमुना प्राविधिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । विद्यार्थी संख्या बढेसंगै विद्यालयमा कक्षा कोठा व्यवस्थजापनमा समस्या उत्पन्न भएको विद्यालयलले जनाएको छ ।

महागढीमाई नगरपालिकामा एकमात्र नमुना प्राविधिक विद्यालयको रुपमा रहेको सो विद्यालयमा हाल करिव २ हजार २ सय विद्यार्थी अध्ययनरत रहेका छन । विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि अभिभावक र विद्यार्थीहरुको आकर्षण बढेसंगै विद्यालयमा विद्यार्थी संख्या पनि बढेको हो । विद्यालयले कक्षा १ देखि७ सम्म अग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको छ । विद्यार्थीको चाप बढेपछि विद्यालयले हाल नयाँ भर्ना अभियान पनि रोकेको छ ।

विद्यार्थी संख्या धेरै भएपछि एउटै कक्षामा तीन÷तीन वटा सेक्सन बनाएर कक्षा संचालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक मनोज कुमार साहले बताउनुभयो । उहाँले कक्षा ६, ७, ९ र १० मा १सयभन्दा बढी विद्यार्थी रहेकोजानकारी दिनुभयो । विद्यालयले गुणस्तरीय शिक्षा उपलब्ध गराउन थालेपछि विद्यार्थीको चाप बढ्दै गएको र कक्षा कोठा व्यवस्थापन गर्न विद्यालय भवनमा तला थप्ने कार्य सुरु भएको उहाँले बताउनुभयो ।

शिक्षा निमावली २०५५ अनुसार एउटा कक्षामा बढीमा ४० देखि ५० जना मात्र राखेर पठनपाठन गराउने प्रावधान छ । तर सिमितश्रोत साधनको कारण कक्षा ब्यवस्थापन हुन नसकेको विद्यालयका शिक्षक दिनेश कुशवाहाले बताउनुभयो ।

महागढीमाईनगरपालिकामा७ वटा सामुदायिक माध्यमिक विद्यालयहरु रहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here