राजन कुमार बानिया
पर्सा २७ पुस,पर्साको छिपहरमाई गाउँपालिकाको २०औं हिउँदे गाउँसभा शनिवार सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१-०८२ को हिउँदे गाउँसभा छिपहरमाईको सभाहलमा सम्पन्न भएको हो । हिउँदे गाउँसभामा विभिन्न विषयमाथि छलफल गरिनुको साथै योजनाहरु संसोधन गरि कामकाज अगाडि बढाउनमा जोड दिइएको थियो ।
गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हिउँदे गाउँसभामा पालिकाकी उपाध्यक्ष लिलावती देबी, प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी,वडाअध्यक्ष कामेश्वर यादव,महेन्द्र साह,दिपेन्द्र सिंह,रामेश्वर महतो, मौजीलाल साह, कार्यपालिका सदस्य, महिला सदस्य, कार्यालयका कर्मचारीलगायतको सहभागीता रहेको थियो।