नरेश गुप्ता
बरियारपुर – पर्यटन गुरुयोजना तर्जुमा समबन्धी प्रारम्भिक कार्यशाला गोष्ठी महागढीमाईमा सम्पन्न भएको छ । महागढीमाई नगरपालिकाको आयोजना तथा नेमडेक ललितपुरको प्राबिधिक संहयोगमा संचालित एक दिने कार्यशाला गोष्ठीमा महागढीमाई नगर पर्यटन क्षेत्रको प्रचुर स्वभावना बोकेको ठाउहरुको बिषयमा स्थलगत अवलोकन गरि दीर्घकालीन गुरुयोजना बनाउनु पर्ने नेमडेक प्राबिधिक टोलिको पर्यटन बिज्ञ रबिन्द्र जंग पाण्डेले पर्यटन क्षेत्रको बिकासको लागि सहजीकरण गर्नु भएको थियो ।
पर्यटन बिकासका लागि आवश्यक न्युनतम अधारभुतमा पर्यटकिय क्षेत्रमा प्राकृतिक , सास्कृतिक आकर्षण , यातायातको पहुच , खाने बस्ने सुबिधा , मनोरञ्जनको साधनहरु , स्थानिय सरोकारवाला र दक्ष जनशक्ति प्रबर्द्धन तथा बजारिकरण भएमा मात्र बढी भन्दा बढी बाहिरी पर्यटकहरुलाई नेपाल भितृयाउने सक्ने कार्यशाला गोष्ठीमा पाण्डेले सहजीकरण गरेका थियो ।
सन २०२० सम्मा २० लाख भन्दा बढी पर्यटक भितृयाउने नेपाल सरकारको लक्ष्य रहेको छ । महागढीमाई नगर क्षेत्रमा भएको धार्मिक स्थलहरु ,सार्वजनिक पोखरी लगायत पुरातत्वविक सम्पदाहरुको संरक्षण र प्रबर्द्धनले नै पर्यटन क्षेत्रको बिकास हुनेछ । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा समपन पर्यटन गुरुयोजना तर्जुमा कार्यशाला गोष्ठीमा कुल प्रसाद निरौला , अर्थ बिज्ञ दिपेन्द्र श्याम घिमिरे लगायतले पर्यटन क्षेत्रको बिकासको लागि सहजीकरण गर्नु भएको थिए । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत बिजय कुशवाहा लगायत वडा अध्यक्ष , सरोकारवाला संघ संस्था , संचारकर्मी सहभागिता रहेको थियो ।