“हजुर महाराज यो बत्तिसौँ दोकान खोलियो ।” काजी भिम मल्लले राजा प्रताप मल्लको प्रश्नमा दिदै भने । काजी भिम मल्लले सहरमा आज बत्तिसौँ पसल खोलेका थिए ।

“तपाईले पसल खोलेर अति उत्तम कार्य गर्नुभयो, मैले केही बोल्नु पर्दैन ।” राजाले स्यावासी दिदै भने तर काजी मल्लले उनको अनुहारमा खुशी देखेनन् । “माहाराज हजुर बेचैनी र निराश देखिनुहुन्छ नि ।” काजीले चासो देखाए ।

“तिमीलाई थाहा नै छ हाम्रो राज्यको अवस्था । गएको वर्षदेखि केही ठूलो सुधार ल्याउन सकिएको छैन । हामी सँगै भएको अरु राज्यहरू कहाँ देखि कहाँ पुगिसके ?” राजाले लामो सास तान्दै सुनाए । काजीलाई पनि यो सब थाहा थियो तर उनले के गर्न सक्थे र । “महाराज मलाई केही दिनको समय दिनुस, म केही सोच्ने छु । यसरी हातमा बाँधेर बस्नु हुदैन ।” काजीको यो कुरा सुनेर राजा असाध्यै खुःशी भए । उनलाई काजीले कहिल्यै निरास पार्दैनन् भन्ने कुरा थाहा थियो ।

केही दिन बित्यो । काजी भिम मल्लले तिब्बतसँग युद्ध गर्ने कुरा सोचेँ । “महाराज यदि हजुरको आज्ञा छ भने हामी तिब्बतसँग युद्ध गरेर राज्यलाई लाभ पु¥याउन सक्छौँ ।” उनले यो प्रस्ताव ल्याएर राजालाई सुनाए ।

“यो मनासिव होला र काजी ! फेरि यसबाट कसरी लाभ होला र ?” राजाले शङ्का व्यक्त गरे ।

“तिब्बतलाई बसमा पार्ने यही नै उपयुक्त समय हो महाराज । हामीले तिब्बतसँग व्यापारिक संझौता त गर्यौ तर नेपाली व्यापारीलाई त्यहाँ निकै दुःख दिएका समाचारहरू आइरहेका छन् । यो त सरकारको जानकारीमा छदैँछ ।”

“अँहँ !” प्रताप मल्लले सहमतिमा टाउको हल्लाए ।

भिम मल्लले भन्दै गए, “अहिले तिब्बतको अवस्था निकै कमजोर छ । उनीहरू आन्तरिक खिचलोमा रुमलिएका छन् । त्यसको असर हाम्रा व्यापारीहरूमा परेको छ । सहयोग गर्नुपर्यो भनेर उनीहरूले खबर पठाइरहेका छन् । यही मौकामा हामीले आक्रमण गरेर दबाब दिन सकियो भने तिब्बतमा व्यापार गरेर हामी राम्रै आम्दानी गर्न सक्छौ ।”

“तिमीलाई त्यस्तो लाग्छ भने युद्धको तयारी गर ।” राजाले तरुन्तै सहमति जनाए । नभन्दै काजी मल्लले भोलिपल्ट नै तिब्बतको राजालाई सन्देश पठाए । सन्देश पत्रमा तिब्बतमा नेपाली व्यापारीहरूलाई दुःख दिएका हुनाले त्यसको क्षतिपूर्ति वापत हर्जाना तिर्नुपर्ने, नभए आक्रमण गरिने जानकारी थियो । तिब्बतले हर्जाना तिर्न अस्वीकार गरेपछि तिब्बतमाथि कान्तिपुर सेनाले अर्को महिना आक्रमण ग¥यो । युद्ध केही दिन सम्म चलिरहयो र अन्त्यमा कान्तिपुरको सेनाले जित हासिल गर्न सफल भयो । जित साथसाथै  काजीद्वारा तिब्बतको कुती, केरुङ र खासालाई राज्यको शासन भित्र ल्याइयो । आफ्नो सबै भूमि गुम्ने डरले तिब्बत नेपालको सर्त मान्न बाध्य भयो । नेपालले क्षतिपूर्ति बापत केही रकम प्राप्त भयो भने ल्हासामा व्यापारिक कोठी राख्नका लागि सुविधा र सुरक्षको बन्दोबस्त पनि मिलाइयो ।

“मैले तिमीबाट यही आशा गरेको थिएँ । तिम्रो कार्यले राज्यलाई सोचे भन्दा बढी योगदान पुराउने छ ।” राजाले काजीको प्रशंसा गर्दै भने । “यो त मेरो कर्तव्य हो सरकार ।” काजीले हाँस्दै बोले ।

“यदि राजाको शासन सम्पूर्ण देशभर विस्तार गर्न सके त कति राम्रो हुन्थ्यो होला हगि ।” काजी भिम मल्लले खाना खादै गर्दा सुनाए । “हो हजुर हो, हजुर जस्तो शुभचिन्तक त राजाले खोजेर पनि पाउने छैनन् ।” उनको पत्नीले थपिन् ।

कुती, केरुङ र खासा कान्तिपुर राज्य मातहत आएको केही महिनामा राज्यको अर्थव्यवस्थाको वृद्धि हुन थालेको थियो । काजीद्वारा गरिएको कामको नतिजा देखेर राजा असाध्यै प्रभावित भए । एक दिन उनले काजी भिम मल्ललाई राज्यको तर्फबाट सम्मान र पुरस्कार दिने निर्णय सुनाए ।

त्यस समारोहमा सबै भारदारहरू भेला भए । राज्यले दिएको सम्मानप्रति सबै खुसी थिए । तर भनिन्छ नि आफु माथि पुगेपछि खुट्टा तान्न खोज्ने कोही न कोही रहन्छ । त्यसैगरी काजी भिम मल्ललाई यति सम्मान दिइएको देखेर दरबार भित्र दुई हजुरीयालाई निकै ईष्र्या लाग्यो । “यो काजी त सबको आखाँको नानी बनिसक्यो ।” “हो भन्या, हामीले केही गर्नुपर्छ ।” उनीहरूले सल्लाह गरे ।

त्यी दुबैले काजी अगाडि पुगेको हेरेर बस्न सकेनन् । एक दिन राजा कहाँ गएर काजीको बारेमा झुटो आरोप लगाएर कान फुक्न पुगे । “माहाराज हामीले भने सानो मुख ठुलो बात होला । तर के गर्ने नुनको सोझो पनि गर्नै पर्यो । यी काजी भिम छन् नि, उनको विचार र उद्देश्य ठिक देखिदैन ।” एक हजुरीयाले भने । राजाले आखाँ ठुला पार्दै प्रश्न गरे, “मतलब, के भन्न खोजेको ?” “मतलब यो महाराज, उनी तपाईलाई राजपदबाट निकालेर आफू राजा बन्न चाहन्छन् ।” राजाले कसरी भनेर सोधे ।

“हजुर आफै सोच्नुहोस् त, काजी मल्लले यतिका काम गरेर सबको मन जितिसके । के थाहा कुनै दिन तपाईलाई यो पदबाट हटाएर उनलाई राजा बनाउनु पर्छ भन्न थाले भने !” अर्को हजुरियाले मुख खोल्यो । राजा गम्भिर भए । तिब्बतसँगको घटनापछि जताततै काजी भिम मल्लको मात्र चर्चा हुन थालेको थियो । उनी निकै लोकप्रिय भएका थिए ।

‘अँ, मैले केही त गर्नै पर्छ ।’ राजाले सोचे । उनी आफैले गरेको कार्यको कारण पनि राजालाई काजीमाथि शङ्का गर्न बल मिलेको थियो । उनी आपूm आफ्नै पितालाई कैद गरेर राजा बनेका थिए । पिता लक्ष्मीनरसिंह मल्लका पालाको काजीले त्यसो नगर्लान् भन्ने विश्वास गर्ने आधार पनि थिएन । ‘हुन त राजा लक्ष्मीनरसिंहको गलत हर्कतको विरोध काजी भिम मल्लले नै गरेका हुन् र उनकै सहयोगमा आफू राजा भएको हुँ तर मान्छेको मनमा पाप पलाउन कतिबेर !’ प्रताप मल्लको मनमा कुरा खेल्यो ।

काजी राजा बन्न चाहेको हल्ला राज्यभर फैलियो । पहिला वाह वाह भन्ने मानिसहरू आज त्यही काजीलाई घृणा गर्न थालेका थिए । अर्को तर्फ काजी र उनको पत्नी कसले यो हल्ला फलायो भनेर चिन्तित थिए ।

राजा प्रतापले पनि सोच्दै नसोची आवेगमा आइ आफ्नै शुभचिन्तकलाई राज्यद्रोहको अभियोगमा दण्ड दिने निर्णय गरे । केही दिनपछि भिम मल्ललाई कारावासमा राखियो । काजी मल्लले आफूमा त्यस्तो कुनै विचार नभएको विश्वास दिलाउने प्रयास गरे तर राजा विश्वस्त हुन सकेनन् । आफ्नो प्राणप्रिय राजालाई अनाबश्यक शङ्काबाट निकाल्न नसकेपछि आफ्नो मृत्यु नै श्रेयष्कर ठानेर आत्महत्या गर्ने कठोर निर्णय गरे ।

उनले राजालाई भेट्न चाहेको कुरा जाहेर गरे । राजा आफै कारागारमा आइपुगे । “सरकार, हजुर नै मेरो अन्नदाता हुनुहुन्छ । यदि हजुरलाई मेरो कारणले असुरक्षा महसुस हुन्छ भने सदाका लागि यो शङ्का निवारण गरिदिन्छु ।” यति भनेर उनले अफ्नो कम्मरमा भएको कर्द निकाले र राजा कै अगाडि आफ्नो घाँटी सेरे । उनी त्यही बङ्लङ पछारिए र रगतको आलमा डुबेर प्राण त्यागे । त्यति बफादार काजीलाई शङ्का गरेकोमा राजालाई निकै पछुतो भयो तर समय बितिसकेको थियो । अब काजीलाई फर्काउन सम्भव थिए ।

राजकीय सम्मानका साथ काजीको अन्त्यष्टिको आयोजना गरियो । त्यस बेलाको प्रचलन अनुसार पतिको मृत्युपछि पत्नी सती जानुपथ्र्यो । एकातिर भिम मल्लको चितामा तयार थियो भने अर्कोतिर भिम मल्लकी पत्नीका लागि चिता बन्दै थियो । मृत्य प्राकृतिक नियम हो, त्यो उनलाई थाहा थियो । तर यहाँ त आफ्नो पतिले असल कर्मको दण्ड भोग्नु परेको थियो, यही कुराले उनको मन निकै दुखेको थियो ।

काजीको लाससँगै पत्नीलाई आगोमा जलाउने तयारी गरियो । “यो दरबारमा कहिल्यै विवेका नआओस् ।” उनले आगोमा जल्दा जल्दै सकिनसकि सराप दिइन् ।

“सतीले सरापेको त साँचो हुन्छ भन्छन् । लौन ! अब दरबार उबो लाग्ने भएन ।” त्यहाँ उपस्थित मानिसहरूको बिच कुरा हुन थाल्यो ।

यो घटना घटेको केही महिना बित्यो । दरबारको स्थीतिमा पनि गिरावट आउन थाल्यो । तिब्बतसँगको सम्बन्ध पनि अस्तव्यस्त हुन थाल्यो । त्यस अवस्थालाई समाल्ने भिम मल्ल जस्तो योग्य काजी अब दरबारमा थिएन । भिम मल्लले भोग्नु परेको नियतिले अब भएका काजी पनि राज्यको भलो चिताउन डराउन थालेका थिए । राजा अहिले आएर यथार्थता नबुझी कदम उठाएकोमा पछुताउन थाले ।

(हिमरश्मि हाईस्कुल, तारकेश्वर– ९, काठमाडौ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here