वीरगञ्ज, २३ भदौ । पर्साको ठोरी गाउँ पालिका मा आज एक कार्यक्रम का बिच पशु हाट बजार को उदघाटन गरिएको छ ।
कार्यक्रम का प्रमुख अतिथी समेत रहेकी ठोरी गाउँ पालिका का उपाध्यक्ष गोकुली कुमारी रेग्मी ले रिबन काटेर उदघाटन गर्नु भएको हो ।
ठोरी गाउँ पालिका वार्ड नम्बर चार को बिजय बस्ती मा लाग्ने उक्त बजार हप्ताको दुई दिन आइतबार र बिहीवार लाग्ने बजार समिति का अध्यक्ष हरि प्रसाद सिलवाल ले जानकारी दिनुभयो ।
बजारले यश क्षेत्रका किसान हरुलाइ पशुपालन तिर आकर्सित गर्ने र सो बाट यश क्षेत्र का जनता लाभान्वित हुने कुरामा कार्यक्रम वक्ताहरूले जोड दिएका थिए
कार्यक्रम वार्ड नम्बर चार का वार्ड अध्यक्ष मानबहादुर थिङ , नेकपा एमाले युवा नेता तथा एकपा एमाले का ठोरी गाउँ पालिका अध्यक्ष खगेन्द्र श्रेष्ठ , पशु क्वारेन्टाइन कार्यालय बिरगंज का प्रमुख डा. हरेराम प्रसाद यादव , डा . पुसपेन्द्र साह . डा . दिनेश कुमार तिवारी , जिराभवानी गाउ पालिका का पशु साखा प्रमुख छत्रबहादुर साह , ईलाका प्रहरी कार्यालय ठोरी का प्रहरी निरीक्षक श्याम कृष्ण श्रेष्ठ , सशस्त्र प्रहरी बोर्डर आउट सुवर्ण पुर का सशस्त्र प्रहरी निरीक्षक दिपक नापित लगाएत स्थानीय बासी विभिन्न राजनीति दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो यो संगै पर्सामा जगरनाथ पुर र बिजय बस्ती गरि दुइवटा पशु हाट बजार सन्चालन मा रहेको छ।
कार्यक्रम बजार समितिका अध्यक्ष हिरा बहादुर श्रेष्ठ को सभापतित्वमा समपन्न भएको कार्यक्रम को सन्चालन स्थानीय गोपि श्रेष्ठले गर्नुभएको थियो ।

















