राजन कुमार बानिया
पोखरिया,पर्साका वडा अध्यक्षहरुको भेलाले वडा अध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गरेको छ ।
शनिवार ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा सम्पन्न पर्साका वडा अध्यक्षहरुको भेलाले तदर्थ समिति गठन गरेको नवगठित समितिका अध्यक्ष विजय गैरेले बताउनुभएको छ ।समितिको उपाध्यक्षमा सुबास यादव, सचिवमा दिपेन्द्र सिंह, कोषाध्यक्षमा अष्टबहादुर लोपचन, सहसचिवमा मोजामिल मियाँ र सदस्यहरुमा ढेरी यादव, जयनारायण पटेल, िबपिन मुखिया, महादेव महतो थारु, जयप्रकाश चौरसियालगायत रहेका छन ।
भेलाले समाजको सल्लाहकार समितिसमेत चयन गरेको छ । जसअनुसार सल्लाहकार समितिको सदस्यमा संजय चौहान, अनोज चौरसिया, अमृतकृष्ण सापकोटा, संजय पटेल, रामसरण खवास, फरमान मियाँ, चिरञ्जीवी महतो थारुलाई चयन गरिएको छ ।भेलामा जिल्लाका १० वटा गाउँ पालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । स्थानीय सरकारको अङ्गका रुपमा काम गरिरहँदा वडा अध्यक्षहरुले भोग्नुपर्ने समस्यामा साझा धारणा बनाउन, वडा अध्यक्षहरुको क्षमता अभिवृद्धि गर्न तथा वडा अध्यक्षहरु बिचमा एकता कायम गर्ने उद्धेश्यले एकता समाज गठन गरिएको अध्यक्ष गैरेले बताउनुभयो ।



















